लक्ष्मी सन्राइज क्यापिटलको ५.३८ करोड नगद लाभांश पारित

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको १६औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् ५.३८ करोड (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, सभाले आव ०८२/८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, चालू आवका लागि लेखा परीक्षक र निजको पारिश्रमिकको पनि टुंगो लगाएको छ ।

कम्पनीले नेपालको धितोपत्र बजारको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कम्पनीले करिब ६ अर्बबराबरका ६ वटा बन्दमुखी म्युचुअल फन्ड र एउटा खुलामुखी म्युचुअल फन्ड गरी करिब सात अर्बबराबरको सामूहिक लगानी कोष सञ्चालन गर्दै आएको छ । 

सुझावित समाचार