पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको साउदी अरेबियाको प्रो लिगमा उपाधिविहीन यात्रा लम्बिएको छ । शनिबार राति भएको साउदी सुपर कपमा रोनाल्डो आबद्ध अल नासेर ४–१ ले पराजित भएको हो ।
खेलको ४४औँ मिनेटमा रोनाल्डोले नासेरलाई १–० को अग्रता दिलाएका थिए, तर लामो समय टिक्न सकेन । खेलको ५५औँ मिनेटमा अर्गे मिलिन्कोभिच साभिचले अल हिलाललाई १–१ को बराबरीमा पुर्याए ।
खेलको ६३औँ मिनेटमा एलेक्सान्डर मिट्रोभिचले अल हिलालको अग्रतालाई २–१ मा राखे । खेलको ६९औँ मिनेटमा मिट्रोभिच र खेलको ७२औँ मिनेटमा माल्कोमले गोल गरेपछि अल हिलालले ४–१ ले विजयी भयो । रोनाल्डो सन् २०२२ को डिसेम्बरमा अल नासेरमा अनुबन्धित भएका हुन् । गत सिजनमा उनले लिगको रेकर्ड राख्दै ३५ गोल गरेका थिए ।