अमेरिकी उपविदेशमन्त्री बर्मा नेपालमा

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

व्यवस्थापन तथा स्राेतसम्बन्धी मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्मा शुक्रबार  नेपाल आइपुगेका छन् । उनलाई अमेरिकी राजदूत डिन आर थम्प्सनसहित अमेरिकी अधिकारीले स्वागत गरेका छन् ।  

‘नेपाल भ्रमणको क्रममा उपविदेशमन्त्री बर्माले नेपाल सरकारका नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चियाविज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गर्नुहुनेछ,’ अमेरिकी राजदूतावासले उनको भ्रमणबारे शुक्रबार भनेको छ ।

उनी काठमाडौं आएको तस्बिर अमेरिकी राजदूत थम्प्सनले सार्वजनिक गरेका छन् । बर्मा शनिबार भारतको भ्रमणमा जाने कार्यक्रम छ । उनी पाँच दिन भारत बस्नेछन् । भारतीय मूलका अमेरिकी नागरिक उनी केही वर्षअघि भारतका लागि अमेरिकी राजदूत थिए ।

सुझावित समाचार