राप्रपा अध्यक्ष लिङ्देन अस्ट्रेलिया प्रस्थान

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली संगठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अस्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।

मेलवर्नलगायत अस्ट्रेलियाका विभिन्न नगरमा हुने संगठनका कार्यक्रममा सहभागी हुन गएराति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार बताए ।

अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की  हुन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ । 
 

सुझावित समाचार