१० ठूला वाणिज्य बैंकहरूको ऋणको लेखा परीक्षण (अडिट) गर्ने जिम्मा भारतीय कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले प्रतिस्पर्धामा रहेका पाँचवटा अन्तर्राष्ट्रिय लेखा परीक्षण फर्ममध्येबाट केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज एलएलपी, इन्डियालाई छनोट गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को ऋण सर्तअनुसार राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको ऋणको लेखा परीक्षण गराउन केपिएमजीलाई छानेको हो । राष्ट्र बैंकले अडिट गराउने कम्पनी छान्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेकामा पहिलो चरणमा पाँचवटा अडिट फर्म छनोट भएका थिए ।
नेदरल्यान्डस्को डेलोइट फाइनान्सियल एड्भाइजरी, पाकिस्तानको केपिएमजी तसिर हदी, नेपालको सिएसी एन्ड कम्पनी र भारतको प्राइस वाटरहाउस कुपरको जेभी तथा नेपालको बिके अग्रवाल एन्ड कम्पनी र भारतको एसआर ब्याट्ली बोई एन्ड एसोसिएटको जेभीलाई पछि पार्दै केपिएमजी एसुरेन्सले पाएको हो ।