पारो एफसीलाई अग्रता

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

एएफसी च्यालेन्ज लिगको छनोटअन्तर्गत जारी खेलमा भुटानको पारो एफसीले खेलमा अग्रता लिएको छ।
६७औँ मिनेटमा विलियम ओपोकु ओसिइदुले चर्च ब्वाइजविरुद्ध उत्कृष्ट गोल गरे।

दशरथ रंगशालामा जारी खेलको ३८औँ मिनेटमा नेपालको चर्च ब्वाइजले पहिलो गोल गरेको थियो। लाकेन लिम्बूले पहिलो गोल गरे पनि चर्च ब्वाइजले एक मिनेट पनि अग्रता जोगाउन सकेन।

३९औँ मिनेटमा किंग्मा वाङचुकले पारो एफसीलाई बराबरीमा लगेका हुन्।

सुझावित समाचार