बन्चरो हानी श्रीमतीको हत्या

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

बन्चरो प्रहारबाट सोमबार मकवानपुरमा एकजना महिलाको मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार जिल्लाको कैलाश गाउँपालिकामा एक युवकले बन्चरो हानेर श्रीमतीको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितका अनुसार कैलाश गाउँपालिका– ५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

घटनाबारे थाहा पाएपछि स्थानीयले मंगलबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक पण्डितका अनुसार इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले सोमबार राति नै मंगलबहादुरलाई पक्राउ गरेर हिरासतमा राखेको छ। उनीहरूकी १३ महिनाकी छोरी छिन्।

मंगलबहादुरले केही सयमअघिदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको खुलेको प्रहरी निरीक्षक पण्डितले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

सुझावित समाचार