देशको कार्यकारी प्रमुखको कार्यालय रहेको सिंहदरबारमा ठूला नेता र प्रशासकदेखि आमनागरिकको नियमित आवतजावत भइरहन्छ। स्वास्थ्यबाहेक सबै मन्त्रालय सिंहदरबारभित्रै छन्।
तर, कानुन बनाउने र देश चलाउनेहरूको अड्डा सिंहदरबारले सामान्य ट्राफिक नियमसमेत पालना गर्दैन। सिंहदरबार प्रवेश गर्ने गेटदेखि नै सर्वसाधारणले हैरानी व्यहोर्नुपर्छ। प्रवेश पास लिने झन्झट त छँदै छ, पास लिनलाई एकैछिन सवारीसाधन राख्ने स्थान पनि छैन।
भित्र छिरेपछि पैदल यात्राका लागि बनाइएको फुटपाथ सवारीसाधान पार्किङले ओगटेको देखिन्छ। निजी मात्र होइन, सरकारी नम्बर प्लेटका सवारीले पनि नियम पालना गर्दैनन्। ‘नो पार्किङ’को बोर्ड लगाएकै ठाउँमा पनि पार्किङ हुन्छ।
तस्बिरमा हेर्नुहाेस् सिंहदरबारकाे पार्किङ व्यवस्थापन :
2024-08-12-02-24-23.jpeg)

2024-08-12-02-24-18.jpeg)
2024-08-12-02-24-12.jpeg)
2024-08-12-02-24-07.jpeg)
2024-08-12-02-24-01.jpeg)
2024-08-12-02-23-54.jpeg)
2024-08-12-02-23-47.jpeg)
2024-08-12-02-23-40.jpeg)
2024-08-12-02-23-28.jpeg)
2024-08-12-02-23-21.jpeg)