ललितपुर र जनकपुरमा हिमालयन बैंकका दुई शाखा विस्तार

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

हिमालयन बैंकले शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालमध्ये दुई शाखा स्थानान्तरण गरेको हो । शाखा स्थानान्तरण भएसँगै आइतबारदेखि नै नयाँ स्थानबाट सेवा सुरु भएको बैंकले जनाएको छ । 

बैंकले जावलाखेल शाखालाई साबिक स्थानबाट ललितपुर महानगरपालिका वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोकस्थित जनकपुर शाखा–२ लाई पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान सञ्चालनमा ल्याएको छ ।

सुनाकोठी शाखाको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको उद्घाटन बैंकका मधेश प्रदेश प्रमुख सागरकुमार रेग्मीले गरेका छन् । 

सुझावित समाचार