हसौरामा हिजोदेखि हराइरहेका बालक खोलाकिनारमा मृत भेटिए

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोती– ४ हसौरामा हिजोदेखि हराइरहेका ३० महिने बालक आज खोलाकिनारमा मृत अवस्थामा फेला परेका छन् ।

कावासोती– ४ हसौरानिवासी पूर्ववडाध्यक्ष रामजी ढुंगानाका नाति सुवास ढुंगाना आज बिहान सवा ९ बजेतिर कावासोती– ४ हसौरास्थित चिलाहाको हसौरा खोलाकिनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

घटनास्थलमा अहिले प्रहरी पुगेर घटनास्थलको मुचुल्का तयार पार्ने काम भइरहेको उनले बताए । बालक हिजो बिहान हसौरानजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासि बेपत्ता भएका थिए । उनी खोलामा बगेको आशंकामा प्रहरी र स्थानीयले खोजी गरे पनि फेला पार्न सकिएको थिएन ।
 

See More On

सुझावित समाचार