सामसङ मोबाइल मर्मतका लागि निःशुल्क पिक–अप र ड्रप सेवा

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

सामसङ नेपालले श्रावण १ गतेदेखि काठमाडौं उपत्यकाभरि वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्री पिक–अप र ड्रप सेवा ल्याएको छ।

वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल–फ्री नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ वा ह्वाट्स एप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक–अप र ड्रप सेवा पाउने सामसङ नेपालले जनाएको छ।

मोबाइल लिनका लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिनेछन् र मर्मत भएपछि घरमै फिर्ता पुर्याइदिनेछन्। 

हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको छ।

सुझावित समाचार