प्रस्तावित निर्वाचन आयुक्त प्रधानले फिर्ता लिए नाम

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

यौन शोषण मुद्दामा मिलापत्र गरेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्।

९ साउनमा संसदीय सुनुवाइ गरेको संसदीय सुनुवाइ समितिले सोमबार प्रधानलाई अनुमोदन गर्ने कि अस्वीकृत भनेर निर्णय सुनाउँदै थियो। निर्णयअघि नै प्रधानले नाम फिर्ता लिएका हुन्।

संसद् सचिवालयका अनुसार नाम फिर्ता लिन प्रधानले दिएको निवेदन दर्ता भइसकेको छ। अब समितिले नाम फिर्ता लिन निवेदन आएकाले थप निर्णय गर्नुपरेन भनेर यो विषय टुंग्याउनेछ।

प्रधान २ असारमा संवैधानिक परिषदबाट निर्वाचन आयुक्तमा सिफारिस भएका थिए। संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया अगाडि बढाउने क्रममा उनीविरुद्ध यौन शोषणको उजुरी परेको थियो।

पीडित महिलासहित उजुरीकर्ताबाट शोषणका घटनाक्रम, अदालतको मिलापत्र, एक करोड २५ लाख लेनदेन गरेको चेक आएपछि समितिले लिएर अध्ययन गरेको थियो। समिति सदस्यहरू प्रधान उच्च नैतिक चरित्र नभएको निष्कर्षमा पुगेर अस्वीकृत गर्ने तयारीमा थिए। 

सुझावित समाचार