त्रिवि मैदानको प्रगति विवरण हरेक महिना सदनमा प्रस्तुत गर्न सरकारसँग माग

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले कीर्तिपुर खेलमैदानको प्रगति विवरण हरेक महिना सदनमा प्रस्तुत गर्न सरकारसँग माग गरेकी छिन्।

नयाँ सरकार बनेपछि प्रधानमन्त्री केपी ओलीले असार ३१ गते मन्त्रिपरिषद्को पहिलो बैठकमा ३०० दिनभित्र उक्त मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको स्मरण गराउँदै सांसद डाँगीले यस्तो माग गरेकी हुन्।

‘आज साउन १४ गते गइसकेको छ, उक्त निर्णय भएको १५ दिन भइसकेको छ। ३०० दिनलाई शतप्रतिशत मान्ने हो भने आजसम्ममा ५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने हो,’ उनले भनिन्, ‘त्यसैले म सम्माननीय सभामुखज्यूमार्फत सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय खेलकुदमन्त्रीज्यूलाई सोध्न चाहन्छु– उक्त निर्णय कार्यान्वयनको भौतिक प्रगति विवरण के भइरहेको छ ?’

केवल बोल्नकै लागि बोल्ने, निर्णय–घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्दै सार्वभौम संसद्ले नै कार्यपालिकालाई आफ्नो निर्णयका सम्बन्धमा जवाफदेही र उत्तरदायी बनाउनुपपर्ने उनले प्रस्ट पारिन्।

सुझावित समाचार