क्यानडामा खुल्यो नेपाल चेम्बर अफ कमर्स

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

क्यानडाको एबी प्रान्तस्थित कालगेरी सहरमा अलबर्टा नेपाल चेम्बर अफ कमर्स (एएनसिसी) खुलेको छ । उक्त चेम्बरको क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल, एबी प्रान्तका कानुनमन्त्री मिक्की एमेरीलगायतले उद्घाटन गरेका हुन् ।

सो अवसरमा एएनसिसीका अध्यक्ष समीर पाण्डेले नेपाल र क्यानडाबीचको आर्थिक विकास, सामाजिक विकास, पर्यटन प्रवर्द्धन, व्यापारिक सम्बन्ध र दुई देशका सरकारबीचको पुल बन्ने उद्देश्यले अलबर्टा नेपाल चेम्बरको स्थापना भएको बताए । 

राजदूत पौड्यालले एएनसिसी आर्थिक, सामाजिक, पर्यटन प्रवर्द्धनको विकासमा कोसेढुंगा साबित हुनेमा आशावादी रहेको बताउँदै नेपाल सरकारको सहयोग रहने विश्वास दिलाए । यसैगरी, राजदूत पौड्यालले एनससिसी आर्थिक, सामाजिक, पर्यटन प्रवर्द्धन विकासका लागि कोसेढुंगा साबित हुने र यसमा नेपाल सरकारको पूर्ण सहयोग हुने कुरामा विश्वास व्यक्त गरे । 

एबी प्रान्तीय सरकारका कानुनमन्त्री एमेरीले एएनसिसीलाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । उनले एएनसिसीमार्फत नेपाल र एबी सरकारबीचको ऐतिहासिक सम्बन्धको सुरुवात भएको पनि बताए ।  

सुझावित समाचार