धादिङको गंगाजमुना गाउँपालिका- ३ अम्बोटेको सिंगो गाउँ नै पहिरोको जोखिममा

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

धादिङको गंगाजमुना गाउँपालिका- ३ अम्बोटेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको छ । वर्षाले जमिन भासिन र पहिरो जान थालेपछि गुरुङ गाउँ होमस्टेको नामले परिचित अम्बोटेका १६ घरपरिवार जोखिममा परेका हुन् ।

सडकबाट बगेको भलपानी बस्तीमै पस्दा ठाउँ–ठाउँमा चिरा परेको, भासिएको र जुनसुकै वेला पहिरो खस्न सक्ने डर रहेको स्थानीय रूपा गुरुङले बताइन् । सडक भत्काउँदै जमिन कटान गरेर बस्तीतर्फ पसेको भलपानीले मानिस हिँडडुल गर्ने बाटो तथा बस्तीमा क्षति पुगेको हो ।

गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठका अनुसार पहिरोले एक घरपरिवारका व्यक्ति छिमेकीमा सरेका छन् भने र दुई घर उच्च जोखिम छन् । ‘वडाबाट त्रिपाल लगेर ठाउँठाउँमा छोपिएको छ । जेसिबी लगाएर खाडल पुरिएको छ,’ उनले भने । 

सुझावित समाचार