यामाहा एरोक्सले गर्‍यो काठमाडौंदेखि लद्दाखसम्मको यात्रा

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

सोलो ट्राभल अवशिष ओझाले यामाहा एरोक्स–१५५ स्कुटरसँग काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सम्पन्न गरेका छन् । उनले ११ दिनमा पाँच हजार किलोमिटरभन्दा बढी यात्रा गरेका हुन् । यात्राका क्रममा उनले विभिन्न भूभाग र मौसमको सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यसँग आफूलाई जोड्दै ती सुन्दर ठाउँहरूलाई गहिरो रूपमा आत्मसात् गरेको यामाहाले जनाएको छ । 

यात्रामा यामाहा एरोक्स–१५५ असाधारण, अद्वितीय पर्फमेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दाे साथीका रूपमा प्रमाणित गरेको दाबी गरिएको छ । उक्त स्कुटरमा रहेको एड्भान्स लिक्विड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्यो । यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो । 

एमएडब्लू राइडकी सिएमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै उल्लेखनीय यात्रा पूरा गरेकोमा ओझाप्रति गौरवान्वित भएको बताइन् । एड्भान्स लिक्विड, कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गाेनोमिक डिजाइनजस्ता सुविधासहित ओझाको अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गरेको यामाहा कम्पनीले जनाएको छ । यसले कम्फर्ट जोनभन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भूभागको सामना गर्न प्रेरित गर्ने बताइएको छ । 

See More On

सुझावित समाचार