राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभाग प्रमुखहरूको बैठक आज

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभाग प्रमुखहरूको बैठक आज बस्ने भएको छ । बिहान १०:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेले अध्यक्षता गर्नेछन् । रास्वपामा हाल ३८ वटा केन्द्रीय विभाग रहेका छन् ।

बैठकमा विभाग प्रमुखहरूले विभागको प्रगति समीक्षा पेस गर्दै विभागको समस्या, चुनौती के छन् र भावी योजना के छ भन्ने कुरा संक्षिप्तमा राख्ने जनाइएको छ । केन्द्रीय विभागमा प्रमुख एकसहित उपप्रमुख, सचिव, सदस्यहरू गरी ११ जना रहने व्यवस्था छ । त्यस्तै, प्रदेश विभागमा नौजना र पालिका विभागमा सातजना रहने व्यवस्था रहेको रास्वपाले जनाएको छ । 

रास्वपाले भ्रातृसंगठन नबनाउने, पेसागत योग्यतालाई कदर गरी पेसागत क्षेत्रमा राजनीति नगर्ने रणनीति लिएको रास्वपाले त्यो क्षेत्रका नीतिगत समस्याहरू विभागहरूमार्फत सीधै केन्द्रीय समितिमा बुझ्ने र समाधान खोज्ने नीति अख्तियार गरेको छ ।

सुझावित समाचार