अफिस ड्रेसमा स्टाइलिस देखिने उपाय

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण
  • महिलाले जागिरमा जाँदा पनि लाइट कलरको कुर्ता लगाउनु राम्रो हुन्छ । जस्तै, ह्वाइट, हल्का एल्लो, हल्का पिंक, हल्का ग्रिन, हल्का ब्लु खालका कुर्ता लगाएर जान सकिन्छ । त्यसैगरी, साडी लगाएर जान पनि सकिन्छ । साडी लाइट कलरको लगाउँदा राम्रो देखिन्छ । ठूलो–ठूलो प्रिन्ट भएका, धेरै हेभी साडी लगाउनुहुँदैन  । सादा, हल्का नर्मल खालका साडी लगाउन सकिन्छ । ब्लाउज पनि नर्मल र सिम्पल खालको लगाउनुपर्छ । 
  • फर्मल वेस्टर्न कोट–पाइन्ट पनि लगाउन सकिन्छ । महिलालाई डार्क कलरको कोट–पाइन्ट सुहाउँछ । जस्तै, ब्ल्याक कोट–पाइन्ट, ग्रे कोट–पाइन्ट लगाउन सकिन्छ । फुल सिल्भ भएको कपडा लगाउनुपर्छ । धेरै साइनिङ भएको कपडा लगाएर जानुहुँदैन । 
  • जुत्ता नर्मल हिल भएको लगाउनुपर्छ । ठूलो खालको हिल राम्रो हुँदैन । गरगहना नलगाउनु राम्रो हुन्छ । सिम्पल मेकअप गर्नुपर्छ । पफ्र्युम हल्का लगाउन सकिन्छ । हातमा घडी लगाउँदा स्मार्ट देखिन्छ ।
  • पुरुषलाई सेतो सर्ट सुहाउँछ । डार्क कलरको सर्ट लगाउनुहुँदैन । त्यसमा पनि हाफ सिलिफ भएको सर्ट लगाउनुहुँदैन । सकेसम्म फुल सिलिफको सर्ट लगाउनुपर्छ, जसमा कलर लाइट हुनुपर्छ । त्यसमा पाइन्ट डार्क कलरको हुँदा म्याच गर्छ । कपडामा आइरन लगाएको हुनुपर्छ । बटम राम्रोसँग लगाएको हुनुपर्छ । टाईमा राम्रो देखिन्छ । 
  • नर्मल राउन्ड सुज लगाउने गर्नुपर्छ । धेरै फेन्सी खालको लगाउनुहुँदैन । बेल्ट र जुत्ता एउटै कलरको भयो भने अझै राम्रो देखिन्छ । मोजा पनि जुत्ताकै कलरसँग म्याच गर्नुपर्छ । 

सुझावित समाचार