नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मंगलबार एसिसी एसिया कप टी–२० प्रतियोगितामा भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यी दुई टोलीबीचको खेल साँझ ७ः१५ बजे हुनेछ । समूह ‘ए’बाट सेमिफाइनल स्थान बनाउन नेपालले सर्वाधिक विजेता भारतलाई हराउनुपर्ने हुन्छ ।
भारत चार अंकका साथ शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट समान एक हार र जितका साथ दुई अंक जोडेको छ । नेपाल रहेको समूहमा पाकिस्तान दोस्रो तथा युएई चौथो स्थानमा छन् ।
नेपालले पहिलो खेलमा युएईविरुद्ध ऐतिहासिक जित निकालेको थियो । दोस्रो खेलमा नेपालमाथि पाकिस्तानले नौ विकेटको जित हात पारेको थियो ।