कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

प्रमुख सचेतकमा मनोनीत श्यामकुमार घिमिरे ।

प्रतिनिधिसभामा कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन्।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई शनिबार प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।

यसअघिका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बनेपछि पद रिक्त थियो। माओवादीसँगको सत्तागठबन्धन त्यागेर कांग्रेससँग नयाँ गठबन्धन गरी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेसँगै लेखक गृहमन्त्रीमा नियुक्त भएका हुन्। 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्।

सुझावित समाचार