महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा-सुविधाहरूलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्यअनुरूप क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ। यस प्रकारको सेवा प्रदान गर्ने विकास बैंकहरूमा अग्रणी बनेको महालक्ष्मी विकास बैंकले जनाएको छ।

यसअन्तर्गत कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा प्रकाशित आधिकारिक क्युआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्। ग्राहकले आवदेन गरेपश्चात् ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्ने बैंकले जनाएको छ।

साथै, २०८० पुस २८ मा सम्पन्न २२औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउने प्रस्तावसमेत पारित भएको छ। महालक्ष्मी विकास बैंकका देशभर १०३ वटा शाखा कार्यालयमार्फत करिब सात लाख ग्राहकलाई सेवा दिँदै आइरहेको छ।

सुझावित समाचार