विराटनगरको भट्टीमोडमा नेपाल प्रहरीको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ। बुधबार साँझ ड्युटीबाट क्याम्पमा फर्कँदै गर्दा विराटनगर रानी क्षेत्रको भट्टीमोडमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रको ‘टु टन’ भ्यान पल्टिँदा ३० जना प्रहरी घाइते भएका हुन् । घाइते हुनेहरूमा धेरै प्रहरी जवान छन्।
घाइते प्रहरीहरूको विराटनगरस्थित कोशी, न्युरो र नोबेल अस्पतालमा उपचार भइरहेको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए। दिउँसो सुरक्षा ड्युटी सकेर उनीहरू साँझ भ्यानमा चढेर तालिम केन्द्रमा फर्कँदै गर्दा विद्यार्थी बोकेर विपरीत दिसाबाट आइरहेको स्कुल बसलाई जोगाउन खोज्दा प्रहरी चढेको भ्यान पल्टेर दुर्घटना भएको थियो ।