हुवावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता घोषणा

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

हुवावे नेपालले सञ्चालन गरेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता घोषणा गरेको छ । सूचना प्रविधिका प्रतिभाको विकाससँगै अन्तरसामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाइ छ । 

प्रतियोगितामा आवेदन दिएका तीन सयजना विद्यार्थीमध्येबाट ३० जना छनोट भएका छन् । छनौट सूचीमा परेका विद्यार्थीबाट विजेता चयन गरिएको कम्पनीले जनाएको छ । निर्णायक मण्डलले विद्यार्थीको ज्ञान र क्षमताको मूल्यांकन गरेका थिए । 

विद्यार्थीलाई नेतृत्व क्षमता, शैक्षिक तीक्ष्णता, सञ्चार कौशल, समूहगत सहकार्य, समयअनुकूल परिवर्तन हुन सक्ने तथा लचिलो प्रवृत्तिको समेत मूल्यांकन गरिएको थियो । हौसला, जोस, समस्या समाधानका निम्ति गरिने योगदान, प्राविधिक ज्ञान र सीप, नयाँ सोचसहित सामाजिक जिम्मेवारी लिने, नैतिकताजस्ता शीर्षकलाई छनोटका आधार बनाइएको थियो । 

प्रतियोगिताको शीर्ष स्थानमा आशिष कार्की, एन्जिलिना  घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समीप अर्याल र समृद्धि कार्की छन् । उनीहरूले भदौमा चीनमा आयोजना हुने टेक फर गुडको क्षेत्रीय चरणमा भाग लिने बताइएको छ । 

अन्तिम प्रतियोगितामा विद्यार्थीले आफ्नो समूह विस्तारका साथै स्थानीय तथा अन्तर्राष्ट्रिय विज्ञबाट थप मार्गदर्शनको अवसर प्राप्त गर्नेछन् । विजेताले चीनको सञ्चार प्रविधि क्षेत्र, उच्च प्रविधि कम्पनीसहित कार्य सञ्चालन विधिबारे अन्तक्र्रियाको अवसर प्राप्त गर्नेछन् । 

See More On

सुझावित समाचार