उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
नवनियुक्त उपप्रधानमन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहकारी विकास मन्त्रालयम भेटवार्ता भएको हो।
शिष्टाचार भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ। यस्तै, पारस्परिक सहयोग अभिवृद्धिका विषयमा पनि छलफल भएको थियो।