बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु.२ख ६५६६ नम्बरको बसमा लेदोसहितको पहिरोसहित ढुंगा खस्दा बसचालकको मृत्यु भएको छ। पहिरोमा परेर बसचालक नवलपरासी सुनवल नगरपालिका- ५ बस्ने ३६ वर्षका मेगनाथ विकको मृत्यु भएको हो ।
शुक्रबार बिहान ३ बजेको समयमा नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर– २९, सत्रकिलोमा माथिबाट पहिरो खसेर बसमा लागेको थियो। बसलाई घटनास्थलनजिकै साइड लगाई राखिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।