सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित परिवारका सदस्यहरू, माओवादी नेताहरू, सरकारी अधिकारीहरू तथा अन्य विभिन्न पेसामा आबद्ध व्यक्तित्व, नागरिक समाजका अगुवाहरूले स्वर्गीय दाहालको तस्बिरमा पुष्पगुच्छा अर्पण गरे।

स्वर्गीय सीताको स्मरण गर्दै उपप्रधानमन्त्री एवं माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

स्वर्गीय सीता दाहाल परिवर्तनका योद्धाका रूपमा सधैँ स्मरणमा रहने बताउँदै श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे।

०२८ देखि कम्युनिस्ट आन्दोलनमा सहभागी दाहाल ०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन्। उनी माओवादी केन्द्रकी तत्कालीन केन्द्रीय सल्लाहकारसमेत थिइन्।

सुझावित समाचार