नवलपुरमा चार दिनपछि खुल्यो कालीगण्डकी करिडोरको अवरुद्ध सडक

सोमबार, २४ असार, २०८१
डिजिटल संस्करण

नवलपुरको कालीगण्डकी करिडोरअन्तर्गत गैडाकोट नगरपालिका ३ तरंगे खोलामा अवरुद्ध सडक चार दिनपछि खुलेको छ । 

खोलामा आएको बाढीले ह्युम पाइप बगाएपछि नवलपुर-पाल्पा जोड्ने कालीगण्डकी करिडोर सडक बन्द थियो । 

खोलामा ह्युमपाइप लगाएपछि अवरुद्ध सडक आज साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

यता, हुप्सेकोट ५ पाङग्रेमा अवरुद्ध दलदले डेढगाउँ सडक अझै खुल्न सकेको छैन । यो सडक अवरुद्ध भएको चार दिन भएको छ ।

सुझावित समाचार