हुन्डाईको कोना इभी गाडी अब शून्य प्रतिशत ब्याजदरमै किन्न सकिने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘जिरो एमिसन, जिरो इन्ट्रेस्ट’ योजना सार्वजनिक गर्दै सो गाडी किन्न सकिने जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ५० प्रतिशत डाउन पेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् ।
कम्पनीले उत्कृष्ट डिजाइन, पर्फमेन्स र विश्वसनीयताका साथ प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाएको दाबी गरेको छ । हुन्डाई कोना दुईवटा भेरियन्टमा उपलब्ध छ । जसअन्तर्गत कोना जिएलको मूल्य ५९ लाख ९६ हजार र जिएलएसको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
हुन्डाई कोनामा मल्टिस्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ । साथै, एकपटकको सिंगल चार्जमा तीन सय पाँच किमि रेन्ज दिने कम्पनीले जनाएको छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डिसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर १६ सोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । साथै, ४४ भन्दा बढी स्थानमा इभी चार्जिङ प्वाइन्ट राखेको छ ।