ठूलो मात्रामा विदेशी मुद्रासहित इरानीदम्पती विमानस्थलमा समातिए

सोमबार, १७ असार, २०८१
डिजिटल संस्करण

स्रोत नखुलेको विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इरानीदम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। ४० वर्षीय याज्दान्यर माजी दियाही र उनकी ३५ वर्षीया श्रीमती पेगाह ताहेरी पक्राउ परेका हुन्।

श्रीलंकन एयरलाइन्सबाट कोलम्बो जान लागेका उनीहरूलाई विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ३४ लाख नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा बरामद भएको छ।

उनीहरूबाट जम्मा १२ हजार पाँच सय अमेरिकी डलर, चार हजार दुई सय पाउन्ड स्टर्लिङ, एक हजार सात सय ५० युरो बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, १६ हजार पाँच सय युएई दिराम, आठ हजार आठ सय भारतीय रुपैयाँ र आठ लाख ४० हजार श्रीलंकन रुपीसमेत भेटिएको छ।

सो विदेशी मुद्राको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

सुझावित समाचार