काठमाडौं– ११ वासीको प्रतिव्यक्ति आय ५८ हजार

आइतबार, १६ असार, २०८१
डिजिटल संस्करण

काठमाडौं– ११ ले वडावासीको सेवा प्रवाहमा प्रतिव्यक्ति नौ हजार सात सय रुपैयाँ खर्च गरेको छ । कुल १४ हजार तीन सय ३१ जना जनसंख्या रहेको यस वडामा गत चार वर्षको आय र खर्चको विश्लेषण गर्दा औसतमा प्रतिव्यक्ति सेवा प्रवाह खर्च नौ हजार सात सय रुपैयाँ रहेको छ । 

यस्तै, प्रतिव्यक्ति आम्दानी करिब ५८ हजार रुपैयाँ रहेको महानगरले जनाएको छ । महानगरका वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले भने, ‘औसतमा प्रतिव्यक्ति बेरुजु ११ हजार रुपैयाँ छ । सम्परीक्षण र असुलउपरबाट बेरुजु रकम घटाउन सकिन्छ । यसका लागि वडाबाट थप सक्रियता चाहिएको छ ।’ काठमाडौं महानगरपालिका–११ ले शुक्रबार र शनिबार सञ्चालन गरिएको अनुशिक्षणका क्रममा उक्त तथ्य सार्वजनिक गरेको हो । अनुशिक्षणमा वडाबाट सञ्चालन गर्ने तथा महानगर र अन्य निकायबाट कार्यान्वयन हुने पूर्वाधार निर्माण, सामाजिक, शैक्षिक तथा स्वास्थ्य सेवासहित विभिन्न सेवामा सहजीकरणका विषयमा प्रस्तुतीकरण तथा अन्तक्र्रियात्मक छलफल भएको थियो । अन्तक्र्रियामा वडाध्यक्ष हीरालाल तण्डुकारले आफूहरू जनताको ढोकाको सरकार भएको र जनताको कुरा सुन्नुपर्ने बताए । साथै, उनले आफ्ना कुरा पनि जनतालाई सुनाउने बताए । यसरी गरिने दोहोरो संवादबाट विकास र सेवा प्रवाह सहज र सरल हुने उनको भनाइ छ । 

प्रशिक्षणमा महानगरपालिकाको प्रशासन विभागका प्रमुख दीपक अधिकारीले आन्तरिक सेवा प्रवाह र यसमा सकारात्मक धारणाको सम्बन्ध, वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले वडा ११ ले गत चार वर्षमा गरेको खर्चको अवस्था, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले स्थानीय तह र वडास्तरीय सेवाका लागि कानुनी प्रबन्ध, राजस्व विभागका प्रमुख धु्रवकुमार काफ्लेले संकलन हुने राजस्वको विश्लेषण र काठमाडौंका जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजालले योजना तर्जुमा चरणका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

See More On

सुझावित समाचार