सुवासले रक्षा गरे सूर्य नेपाल प्रिमियर

शनिबार, ९ असार, २०८१
डिजिटल संस्करण

साबिक विजेता सुवास तामाङले भुवन नगरकोटी र नीरज तामाङलाई दुई स्ट्रोकले पछि पार्दै सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रोफेसनल गल्फरका रूपमा उनको यो पहिलो उपाधि हो । उपाधि रक्षा गर्ने क्रममा सुवासले चार अन्डर ६८ स्कोर गरेका थिए । उनले समग्रमा १६ अन्डर दुई सय ७२ को सानदार नतिजामा उपाधि जितेका हुन् । उनले दुई लाख ७५ हजार रुपैयाँ पाए । 

समग्रमा १४ अन्डर दुई सय ७४ को स्कोरमा नीरज र भुवनले संयुक्त रूपमा दोस्रो स्थान बाँडे । नीरजले पाँच अन्डर ६७ र भुवनले तीन अन्डर ६९ को स्कोर गर्दै जनही एक लाख ४८ हजार पाँच सय रुपैयाँ पाए । दिनेश प्रजापतिले समग्रमा १२ अन्डर दुई सय ७६ को स्कोर गर्दै चौथो स्थान रक्षा गरे । 

एमेच्योरतर्फ आठ अन्डर दुई सय ८० को स्कोरका साथ सद्भाव आचार्यले विजय श्रेष्ठलाई दुई स्ट्रोकले हराउँदै उपाधि जिते । अन्तिम दिनको सुरुवातमा सुवास र भुवनबीच कडा प्रतिस्पर्धा चल्यो । सुवासले फ्रन्ट नाइन एक अन्डर ३५ मा सके । भुवनले फ्रन्ट नाइन दुई अन्डर ३४ स्कोर गरे ।

फ्रन्ट नाइनको खेल सकिँदा सुवास र भुवन कुल १३ अन्डरको स्कोरमा बराबरीमा थिए । भुवनका लागि १७औँ होल हारको कारण बन्यो । उनको अप्रोच सट रुखमुनि पुग्यो र डबल बोगी खेपे । सुवासले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाए । अन्तिम होलमा बर्डी प्रहार गर्दै सुवासले दुई स्ट्रोकले उपाधि जिते । 

See More On

सुझावित समाचार