११ असारमा दोस्रो ‘नेसनल बैंकिङ डिस्कोर्स’

शुक्रबार, ७ असार, २०८१
डिजिटल संस्करण

 बैंकिङ समाचार डटकमको आयोजना तथा ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो ‘नेसनल बैंकिङ डिस्कोर्स– २०२४’ आयोजना हुने भएको छ । 

हायात रिजेन्सीमा हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नेछन् । साथै, कार्यक्रमको विशेष सत्रमा छलफलका लागि अर्थमन्त्री वर्षमान पुनको उपस्थिति रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञलगायतको उपस्थिति रहने बताइएको छ ।

 कार्यक्रममा आगामी मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थितिबारे छलफल हुनेछ । साथै, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौती, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशबारे पनि छलफल हुने बताइएको छ । 

दोस्रो ‘नेसनल बैंकिङ डिस्कोर्स– २०२४’ ले बैंकिङ क्षेत्रका समस्याको समाधान खोज्न र नेपालमा बैंकिङ प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सुझावित समाचार