बागमती प्रदेश सभा : आजबाट आगामी आवको विनियोजित बजेटमाथि छलफल हुने

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठकमा आजबाट आगामी आर्थिक वर्ष ०८१/८२ का लागि विनियोजित बजेटमाथि छलफल हुँदै छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

उक्त बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् भने सो प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

प्रदेश सरकारले असार १ गते बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षमा लागि ६४ अर्ब ५४ करोड चार लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। 

प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि चालू आर्थिक वर्षको तुलनामा बजेट वृद्धि गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा एकअर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
 

सुझावित समाचार