सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण
सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

दुर्घटनाग्रस्त बस

बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको  सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका– ११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीवाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिकानिवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमुना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए। 

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरूको जनकपुर, वीरगन्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

सुझावित समाचार