अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण
अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड । तस्बिर : राधिका बुढाथोकी/रासस

बुधबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। 

सिन्धुलीको फिक्कल गाउँपालिका– २ सुम्नामबेँसी, गोलञ्जाेर गाउँपालिका– १ कुडुले र गोलञ्जाेरर– ६ अक्करेभिरलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको थियो।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले  पहिरो पन्छाउने कार्य भइरहेको छ।

सुझावित समाचार