३ असारमा सार्वजनिक बिदा

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी ३ असारमा परेको इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इद (उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज सूचना जारी गरी बक्र इदका अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ।
 

सुझावित समाचार