ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते

तस्बिर सौजन्य : प्रेम गुरागाईं

ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका– २ खेजेनिमको तिङ्दुमा माथिबाट झरेको पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्राका बुबा ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, रामबहादुरकी ४८ वर्षीया श्रीमती जसमाया लिवाङ र उनीहरूका दुई जुम्ल्याहा छोरीहरू १० वर्षीया गंगा र जमुना रहेको प्रहरी प्रमुख रवि रावलले जानकारी दिए । 

यसैगरी खेजेनिम माविछेउमा ४० वर्षीय युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी पहिरोले बगाउँदा सक्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले बताए । युगेनलाई घरमाथिबाट आएको पहिरोले बगाएको हो । दुवै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी प्रमुुख डिएसपी रावलले रातको समयमा पहिरो गएको र निद्रामा भएकाले उक्त परिवारका सदस्यहरू भाग्न नपाएको हुन सक्ने बताए । मृतक चारजनाको शव भेटिएकोसमेत डिएसपी रावलले बताए । ताप्लेजुङमा बुधबारबाट लगातार वर्षा भइरहेको छ ।  
 

See More On

सुझावित समाचार