फ्रेन्ड्स र बिएन्डबीको स्वास्थ्य शिविर

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

फ्रेन्ड्स सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र बिएन्डबी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ललितपुर ठेचोको श्री सरस्वती उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको सो शिविरमा करिब चार सयजना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

हस्पिटलका मिनु सिंह र फ्रेन्ड्स सेभिङका सल्लाहकार ज्ञानेन्द्र महर्जनको संयोजकत्वमा उक्त शिविरमा हाडजोर्नी तथा नसा, दन्त, स्त्री रोग तथा प्रसूति सेवा, बालरोग, मुटुरोग, मधुमेह तथा थाइराइड, सुगर तथा फिजियोथेरापीलगायत स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

सुझावित समाचार