खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार पोखरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका– १३ घर भई हाल पोखरा– १७ छोरेपाटन बस्ने वर्ष २८ का विश्वास सुवेदी रहेको सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।
पोखरा महानगरपालिका– १७ छोरेपाटनस्थित भोटेक्याम्पनजिकै फुस्रेखोलामा पौडी खेल्ने क्रममा मानिस डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ गणबाट खटिएको विशेष खोज, उद्धार एवं गोताखोरको टोली तत्कालै परिचालन भई खोलाको २५ फिट गहिराइमा अड्किएर बसेको अवस्थामा शनिबार साँझ ६:४५ बजे शव निकालिएको शर्माले जानकारी दिए ।
मृतककाे शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको शर्माले बताए ।