नेदरल्यान्ड्सको घातक बलिङ, नेपाल गहिरो संकटमा

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको नेपाल गहिरो संकटमा परेको छ।
लगातार अन्तरालमा विकेट गुमाएपछि नेपाल संकटमा परेको हो।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी खेलमैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो। तर, १३ ओभरको खेल चलिरहँदा ६६ रन बनाउँदा नेपालले ६ विकेट गुमाइसकेको छ।

दुवै ओपनरहरु आसिफ शेख र कुशल भुर्तेल, अनिल साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी पेभेलियन फर्किसकेका छन्। क्रिजमा कप्तान रोहितकुमार पौडेल एक्लै संघर्ष गरिरहेका छन्। उनलाई कुनै पनि भरपर्दा ब्याटरले साथ दिन सकेनन्। अहिले क्रिजमा रोहितसँगै गुल्सन झा छन्।

सुझावित समाचार