एनआइइसीको वार्षिक अध्ययन विदेश दिवस कार्यक्रम सम्पन्न

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआइइसी)ले १५०० भन्दा बढी विद्यार्थी तान्ने गरी आफ्नो वार्षिक अध्ययन विदेश दिवस सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, आयरल्यान्ड र न्युजिल्यान्डका प्रख्यात विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय शिक्षाका अवसरहरूका विषयमा प्रकाश पारेका थिए।

विद्यार्थीहरूले भर्ना अधिकारीहरूसँग संलग्न हुने, जानकारीमूलक सत्रहरूमा भाग लिने र विदेशमा अध्ययन गर्नेबारे आवश्यक जानकारी संकलन गर्ने मौका पाए। कार्यक्रमले विश्वव्यापी शैक्षिक संस्थाहरूमा उपलब्ध शैक्षिक कार्यक्रम, छात्रवृत्ति, आवेदन प्रक्रियाजस्ता विषयहरूमा विद्यार्थीलाई मार्गदर्शन प्रदान गरेकाे एनआइइसीले जनाएकाे छ।

एनआइइसी व्यापक शिक्षा र करियर परामर्श सेवाहरू प्रदान गर्न समर्पित संस्था हो।

सुझावित समाचार