नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि दुई रात तीन दिनको ‘बलथली भ्रमण कार्यक्रम’ सम्पन्न गरेको छ।
अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई काभ्रेको बलथली भ्रमण गराउने र कमेडियन सुमन कार्कीसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनाेट हुन सफल भएका करिब दुई सय वरिष्ठ अभिकर्तालाई बलथली भ्रमण गराइएको थियो। बलथली भ्रमणपश्चात् धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जानात्क प्रस्तुति रहेको थियो।