१६ लाख पर्यटक भित्र्याउने गरी सरकार लागिपरेको छ : मन्त्री तामाङ

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

गोरखापत्रपरिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले भने, ‘यसअघि कोभिडका कारण पर्यटक आउने संख्या घटेको थियो। सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनुभएको थियो, सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ।’

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्मावलम्बी पर्यटकको संख्या धेरै रहेको र बाँकी प्राकृतिक सम्पदा, हिमाल आरोहण गर्न आउनेको संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उनले बताए।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने पनि उनको भनाइ छ।

सुझावित समाचार