बजेटमाथिको बहसलाई रचनात्मक र विषयकेन्द्रित बनाऔँ : सांसद सापकोटा

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटमाथिको बहसलाई रचनात्मक र विषयकेन्द्रित बनाउन सांसदहरूलाई अपिल गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आग्रह गरेका हुन्। 

प्रधानमन्त्रीले बजेट प्रणालीमा भएको कर्मकाण्डी विधिलाई परिवर्तन गरेर संसदमा भएको छलफलबाट बजेट संशोधन र परिमार्जन गर्न सक्ने व्यवस्था गरे पनि संसद् अवरोधका कारण त्यो अवसर गुमेको उनको भनाइ छ।

संसदमा मुठभेडको स्थितिका कारण नीति तथा कार्यक्रममाथिको बहसमा छुटेको विषयलाई अब बजेटमाथिको छलफलमा समावेश गर्ने गरी बहसलाई रचनात्मक बनाउनुपर्ने सापकोटाले बताए।

‘राजनीतिक घटनाक्रम नयाँ ढंगले अगाडि आयो । संसदमा मुठभेडको स्थिति सिर्जना भयो । र, हामीले नीति कार्यक्रममा प्रभावकारी ढंगले बहस, छलफल, अन्तर्क्रिया गर्न पाएनौँ,’ उनले भने, ‘म के अपिल गर्न चाहन्छु भने हामीले नीति कार्यक्रममा जुन अवसर प्राप्त गरेका थियौँ, त्यसलाई हामीले अचिभ गर्न सकेनौँ । त्यो छुटेको विषयलाई बजेटबारे छलफल गर्ने दौरानमा समेत हामी समावेश गर्ने गरी बहसलाई रचनात्मक र विचारलाई विषयवस्तु बनाउनसमेत मिहिनेत गर्नेछौँ भन्ने कुरा राख्न चाहन्छु।’

सुझावित समाचार