एलजीको ‘खेल्छ नेपाल घर–घरमा’ योजना

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले ‘खेल्छ नेपाल घर–घरमा’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले एलजी टिभीबाट घरमै स्टेडियमबराबरको मज्जा लिँदै नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार जित्न सक्नेछन् । 

एलजी टिभीको खरिदमा ४० प्रतिशतको नगद छुट र एक लाखको व्यक्तिगत दुर्घटना बिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, ग्राहकले एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिद गर्दा एलजी साउन्डबाटर एसएनफोर सित्तैमा उपहार पाउनेछन् । कम्पनीका अनुसार एलजीका ३२ देखि ८६ इन्चसम्ममा टिभीहरू ओलेड, क्युनेड, सुपर युएचडी, युएडी र स्मार्ट क्याटागोरीमा उपलब्ध रहेका छन् ।  

त्यसैगरी, शून्य प्रतिशत ब्याजदरमा इएमआई, जुनसुकै ब्रान्डसँग एलजीका सामान साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाई इन्स्टलेसन र फ्री होम डेलिभरी सुविधासमेत रहेको कम्पनीले जनाएको छ । अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको टी–२० विश्वकपलाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याएको हो । 

See More On

सुझावित समाचार