मकवानपुरको ओखरडाँडा भिरबाट खसेर महिलाको मृत्यु

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

मकवानपुरको मकवानपुरगढीमा भिरबाट खसेर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीया कल्पना थिङ स्याङ्तान रहेकी छिन् ।

बिहीबार साँझ जिल्लाको मकवानपुरगढी गाउँपालिका- ८ ओखरडाँडा भिरबाट खसेर स्याङ्तानको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको हो । उनी आफ्नो घरतर्फ जाने क्रममा भिरबाट लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।  

स्याङ्तानको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रवक्ता भाण्डारीले जानकारी दिए ।

See More On

सुझावित समाचार