शिक्षा क्षेत्रमा बढ्यो बजेट, दुई खर्ब तीन अर्ब विनियोजन

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि शिक्षा क्षेत्रमा दुई खर्ब तीन अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ।

सरकारका अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि विद्यालय शिक्षालाई सुधार गर्ने गरी बजेट वृद्धि गरेको बताए। 

अघिल्लो वर्ष समग्र शिक्षा क्षेत्रका लागि एक खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरिएको थियो। त्यस्तै, आर्थिक वर्ष  ०७९/८० मा शिक्षा क्षेत्रमा एक खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो।

सुझावित समाचार