वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क तालिम, आठ अर्ब १० करोड विनियोजन

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आगामी आवका लागि आठ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

बजेटमार्फत वैदेशिक रोजगारीमा जाने युवालाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम निःशुल्क गर्दै लगिने घोषणा गरिएको छ। अहिले प्रतिव्यक्ति तालिम खर्च सात सय रुपैयाँ लिने गरिएको छ।

त्यस्तै, वैदेशिक रोजगारसम्बन्धी कल्याणकारी कोषको दायरा विस्तार गरी परिवारलाई अधिकतम लाभ दिने व्यवस्था मिलाउने अर्थमन्त्री पुनले बताए।

विदेशबाट फर्केका एक लाखलाई स्वदेशमा उपयुक्त सीपको रोजगारी दिने, विदेश गएका नेपालीले कमाएको पैसा बैंक खातामा जम्मा गरेको खण्डमा स्वदेश फर्केपछि विनाधितो ऋण दिने व्यवस्थासमेत मिलाउने मन्त्री पुनले जनाएका छन्।

सुझावित समाचार