सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई ८८ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदानमार्फत उपलब्ध गराउने भएको छ।
अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै ससर्त अनुदानतर्फ दुई खर्ब आठ अर्ब ८८ करोड उपलब्ध गराउने बताए।
पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान सात अर्ब उपलब्ध गराइने भएको छ। बजेटमा विशेष अनुदानबाट आठ अर्ब ५० करोड विनियोजन भएको छ।