राष्ट्रिय सभाको आजको बैठकको समय परिवर्तन गरिएको छ। आज बिहान ११ः३० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १ः१० बजे बस्ने गरी बैठकको समय निर्धारण गरेका छन्।